कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा एक कार्यक्रमका बीच स्थानीय विद्यालयललाई फलफूलकाका बिरुवा वितरण गरिएको छ ।स्वच्छ वातावरण र हरियाली गाउँपालिका बनाउने उद्देश्यका साथ जिराभवानी गाउँपालिका वडा नम्बर २ को काठमाडौ टोलमा रहेको वन शक्ति अधारभुत प्राथमिक विद्यालयमा विभिन्न जातका २ हजार ३ सय थान फलफूलको बिरुवा वितरण गरिएको हो ।सो अवसरमा आँप, लिच्ची कागती, अनार, अमला लगायतका विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरिएको हो ।वडा नम्बर २ का वडा अध्यक्ष महादेव महतो थारुको अध्यक्षता तथा वडा सदस्य शंकर पटवारीको विशिष्ठ आतिथ्यतामा विरुवा वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीयको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply