निजगढ,सप्तऋषि सेवा समिति निजगढको सोमवार भएको साधारण सभाले विष्णु नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गणेश राजभण्डारी, सचिव राप्रसाद ओझा, सहसचिवमा गिता न्यौपाने भट्टराई र कोषाध्यक्षमा रेणु राउत र सदस्यहरुमा कुमार खडका, मिना प्रसाई, राजु साह, मिरा अधिकारी गौतम, नानीदेवी थपलिया, राजु विश्वकर्मा र जानुका सिवाकोटी सर्वसम्मतले चयन हुनु भएको हो ।
त्यसैगरी समितिको सल्लाहाकारमा सावित्री देवी भारती रहनुभएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ८ स्थित सप्तऋषि धर्मशालामा भएको सो साधारण सभाकोमा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग लगायत स्थानीय जनप्रतिनिधि र समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।
साधारण सभाको अवसरमा धर्मशालामा रुद्री पूजाको पनि आयोजना गरि प्रसादसमेत वितरण गरिएको सेवा समितिकी अध्यक्ष नेपालले जानकारी दिनुभयो । सेवा समितिले निजगढको बकैया नदी किनारामा धर्मशाला संचलनसंग विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
फोटो पनि छ ।



















