तराई मधेसका जिल्लाहरुमा अब शीतलहर शुरु भएको छ । पुसमा शितलहर हुनु स्वभाविक पनि होला । मंसिरको अन्त्यतिरदेखि शुरु हुने यो शीतलहर करिब माघको दोश्रो सातासम्म रहने गर्दछ ।तराई÷मधेसमा शीतलहर हुने कुरा सामान्य भएपनि यसले गर्ने क्षति र पीडा भने सामान्य हूँदैन । हरेक वर्ष मधेसमा शीत लहरले मानवीय क्षति नगरेको भन्ने कुरा कमै होला । बिशेष गरी निम्न वर्गीयहरुमा यसले पीडा दिने गर्दछ । दलित सुमदायमा पनि केहीमा यो समस्या देखिन्छ । त्यसो भन्दैमा यहाँ दलित समुदायलाई गिराउन खोजिएको होइन तर यो समयमा केहीले भने साच्चिकै ठूलो समस्या बेहोर्दै आएका छन ।

बारा सहित तराई मधेसका सबै जिल्लामा यो समस्या छ नै । पछिल्लो केही वर्षदेखि स्थानीय सरकारहरुले पनि शीतलहर प्रभावित गरिब, दलित, बिपन्न यस्ता परिवारका लागि काम गरिरहेको पनि देखिन्छ । जे भएपनि विगत केही वर्षको तुलनामा अहिले चिसोका कारण ज्यान गुमाउनेहरुको संख्या त घटेको छ नै सकेसम्म चिसोका कारण कसैको ज्यान नजाओस् । यसमा चैं नीति बनाउन आवश्यक छ ।

न्यायो कपडा र खाद्यान्नको अभावमा कसैलाई समस्या नहोस् । यसैको अभावमा कसैको पनि ज्यान नजाओस् यो विषयमा स्थानीय सरकारहरुले अझै प्रभावकारी नीति बनाउन आवश्यक छ ।त्यसो त नागरिकहरुले पनि सबै सरकारकै काम हो भन्ने कुरा मनामा राख्न हुन्नु । सरकारको दायित्व हो भन्ने कुरा सोच्नु हुन्नु । न्यायोमा बस्ने, तातो खानेकुरा खाने नागरिकहरुले नै गर्ने हो, सरकारले त भनिदिने र सचेत पारिदिने मात्रै हो । सरकारले भनेको कुरा नागरिकले पनि ख्याल चैं गर्नु पर्दछ र उनीहरुको कुरा मान्नु पनि पर्दछ यसो भयो भने यो वर्ष चिसोबाट धेरैलाई पक्कै जोगाउन सकिनेछ ।

 

Leave a Reply