नरेश गुप्ता

बरियारपुर,भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कलैयाले बारामा किसानहरुलाई माछा पोखरी निर्माणको लागि ९९ लाख अनुदान दिने भएको छ ।

आर्थिक वर्ष ०७८÷०७९ मा मत्सय पोखरी निर्माण कार्यक्रमको लागि विभिन्न ४६ वटा संस्थाहरुले सुचि दर्ता गराएको मध्ये ११ वटा संस्थाको कागजपत्रमा त्रुटी भएको कारण ३५ संस्थालाई प्रतिकठ्ठा १ हजार ५ सयको दरले अनुदान रकम दिइने कार्यालयका मत्सय विभाग प्रमुख रामकुमार शर्माले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकारबाट प्राप्त मत्सय पोखरी निर्माण अनुदान कार्यक्रम अन्तर्गत कृषकले पोखरी खन्ने काम आफैले गर्नुपर्ने र ५० प्रतिशत खर्च पनि आफैले बेहोर्नु पर्ने र बाँकी रकम कार्यालयले भुक्तानी गर्ने प्रवधान रहेको शर्माले बताउनुभयो ।

मत्सय पोखरी निर्माणका लागि बाराको रारा मत्सय फर्म आदर्श कोतवाल, सुहाना मत्सय फर्म करैयामाई, धन्जय मत्सय फर्म सुवर्ण गापा ६, बौधिमाई मत्सय फार्म सुवर्ण गाउँपालिका २, रामपहलाद सहनी महागढीमाई ९ लगायत ३५ संस्थाले अनुदान रकम प्राप्त गरेका हुन ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कलैया अन्तर्गत मात्र बारामा चालू आर्थिक वर्षमा १ हजार १ सय ८ कठ्ठा क्षेत्रफलमा ५० प्रतिशत अनुदानमा मत्सय पोखरी निर्माण गरिएको छ । बारामा माछा सुपरजोन कार्यक्रम पनि संचालनमा रहेकोले दोहोरो लाभ लिने कृषकको नामवली मत्सय पोखरी निर्माण कार्यक्रमबाट हटाइएको मत्सय विज्ञ प्रमुख शर्माले जानकारी दिनुभयो ।

बारा जिल्ला देशमा सबैभन्दा बढी माछा उत्पादन हुने जिल्लाको रुपमा चिनिएको भएपनि मत्सय पोखरी निर्माणसंगै जलाशय, मत्सय दाना उत्पादन, भुरा उत्पादन हुने ह्याचरी, माछाको बजारीकरण लगायतको समस्या समाधानतर्फ सरकारको ध्यान जानु पर्ने माछा व्यवसायीहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here