राजन कुमार बानिया
पोखरिया,पर्साको कालिकामाई गाउँपालिकालाई पुर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर–घरमा पुगेर गाउँपालिकाका १६ सय ५६ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि गाउँपालिका सोमवारबाट पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

‘स्थातीय स्वामित्व र सहभागिता पुर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नारा साथ कालिकामाई गाउँपालिका कार्यालय हरिहरपुर बिर्तामा रहेको नेराप्राविको प्राङ्गणमा कार्यक्रम भएको थियोे ।खोपयुक्त घोषणा कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति पर्साको उपसभापती पुरणप्रसाद कुर्मीको प्रमुख अतिथ्यमा भएको घोषणा कार्यक्रममा बोल्दै उपसभापती कुर्मीले पुर्ण खोपयुक्त घोषणा लगायत स्वास्थ्य सम्बन्धि कार्यक्रममा महिला स्वमसेविकाहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

‘महिला स्वमसेविकाहरुले दिनरात खटेर सेवाको भावनाले काम गरेका छन, उहाँले भन्नुभयो, उनीहरुको योगदानको उचित कदर हुनुपर्छ ।’ उहाँले महिला स्वमसेविकाहरुलाई गाउँपालिका जीविकोपार्जनको लागि आर्थिक सहयोग पनि गर्नुपर्ने बताउनुभयो ।पुर्ण खोपयुक्त घोषणा सभामा विशिष्ठ अतिथि रहनु भएका बरिष्ठ जनस्वास्थ्य अधिकृत मुक्तिनारायण साहले स्वस्थ रहनको लागि खोप जरुरी रहेको बताउनुभयो । ५ वर्ष मुनिकाका बालबालिकाहरु लाई १३ वटा नियमित खोप लगाउनुपर्ने उहाँले बताउनुभयो ।

कालिकामाई गाउँपालिका पर्सामा पुर्ण खोपयुक्त घोषणा हुने अन्तिम पालिका भएको जानकारी दिदै उहाँले अब पर्सा जिल्लालाई पुर्णखोप घोषणा गर्ने तयारी शुरु भएको बताउनुभयो ।पुर्णखोप घोषणा कार्यक्रममा पालिकाका अध्यक्ष बशिष्ठ गुप्ताले पूर्ण खोपयुक्त वडा घोषणा गर्नुभएको थियो । उहाँले पुर्ण खोपयुक्त घोषणा पत्र पढेर खोपयुक्त वडा र गाउँपालिका घोषणा भएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवले गाउँपालिकाका महिलाहरुलाई खोपको महत्वका बारे अझै पनि जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा पालिकाकी उपाध्यक्ष राजमती देबी बरैन, खोप सुपर्वाजर जयमोद ठाकुर, युनिसेफका बेबी प्रसाईं, राजनराज राणा, वडा अध्यक्ष लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, जयनारायण कुर्मी, कार्यपालिका सदस्य चनरज्योती देबी, मालती देबी, ललिता देबी, अकलिया खातुन, गाउँपालिका सदस्य, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता रहेको थियो । सोही कार्यक्रममा पुर्णखोप घोषणा गराउनमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाए र प्रमाणपत्र दिएर सम्मानित समेत गरिएको थियो ।

Leave a Reply