सिम्रौनगढ,बाराको आदर्श कोतवाल गाउँपालिका कार्यालयमा भएको अनियमितताविरुद्धको आन्दोलनको क्रममा प्रहरीद्वारा पक्राउ गरिएका स्थानीय अभियन्ता प्रदीप कुशवाहा र डिके सिंह (दिवेश सिंह) रिहा भएका छन ।उनीहरु दुबै जना ४ दिनपछि आज रिहा भएका हुन । रिहाइपछि स्थानीय युवाहरुले हरनैया चोकमा अवीर र खादा लगाएर उनीहरुको स्वागत गरेका थिए ।

प्रहरीले गाउँपालिका कार्यालयमा आगजनी गरेको अभियोगमा पक्राउ गरेको थियो ।यसअघि स्थानीय युवाहरुको एउटा समूहले कुशवाहा र सिंहको रिहाइको माग गर्दै आदर्शकोतवालमा लगातार प्रदर्शन गर्दैआएका थिए ।
आन्दोलनरत युवाहरूले आइतवार प्रेस विज्ञप्ति निकालेर पालिकामा बन्दको आह्वान समेत गरेका थिए । विज्ञप्तिमा गाउँपालिकाको स्वास्थ्य शाखाबाहेक सम्पूर्ण सरकारी कार्यालय, निजी तथा सार्वजनिक विद्यालय र व्यवसायहरू अनिश्चितकालसम्मको लागि बन्द गर्न भनिएको थियो ।



















