बसन्त लामा

सिगौल,निजगढ नगरपालिका वडा नं. १ सिंगौलस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा यसअघि मिलिमतोमा हुने गरेको शिक्षक पदपूति कार्यमा सुधार आएको छ । विद्यालयले निजी स्रोतबाट तलब भत्ता खाने गरी भर्ना गरेको शिक्षक पदपूर्तिमा सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकलाई पारदर्शी रुपमा नियक्ति दिएपछि यसअघि चल्दै आएको सेटिङबाट शिक्षक नियक्ति गर्ने प्रथाको यसपटक अन्त्य भएको हो ।विद्यालयले अग्रेजी विषयका लागि शिक्षक आवश्यकताको विज्ञापन बैशाख १२ गते प्रकाशित गरेको र सो विज्ञापनमा स्थानीयसहित इच्छुक चार जनाले निवेदन दर्ता गरेका थिए । स्थानीय शिखर कछडिया, त्रिपुरा थापा (सफल), रंन्जित तिमल्सिना र अविना भुजेलले आवेदन दर्ता गरेका हुन । विद्यालयले शिक्षकको लागि आवेदन दिएका चारै जनालाई बुधवार लिखित परीक्षमा समावेश गरिएको थियो । उनीहरुबीच अन्र्तवार्ता, लिखित र प्रयोगात्मक परीक्षा लिइएको थियो । त्रिपुरा थापा (सफल) ले मौखित परीक्षामा १ नम्बरमा नाम निकाल्न सफल हुनुभएको छ भने दोस्रो स्थानमा रन्जित तिमल्सिना रहनुभएको थियो । परीक्षा समितिले परीक्षार्थीले प्राप्त गरेको अंकको आधारमा त्रिपुरा थापा (सफल )लाई शिक्षकमा छनोट गरेको घोषणा गरेको छ । विद्यालयमा बिहीवारदेखि नै अध्यापन गराउने गरी उनलाई नियुक्तिसमेत दिइएको विद्यालयका प्रधानाध्यापक रामवरण यादवले जानकारी दिनुभयो ।परीक्षा समितिमा वडा नं. १ का अध्यक्ष मगल लोप्चन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर योन्जन, निजगढ नगरपालिका नगरकार्यपालिका सदस्य मानबहादुर डासेली, विद्यालयका शिक्षकहरु रहेका थिए ।

Leave a Reply