निजगढ,गत भाद्र २४ गते निजगढस्थित राजननितिक दलको कार्यालयहरुमा भएको भएको आगजनी र तोडफोडबाट १० लाखभन्दा बढीको भौतिक सामग्रीमा क्षेति पुगेको छ ।जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले निजगढमा रहेको नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी पार्टी कार्यालयमा पालैपालो कागजनी र तोडफोड गरेका थिए ।
यसक्रममा नेपाली काग्रेस पार्टी कार्यालयमा सबैभन्दा बढी क्षेति पुगेको पाइएको छ । शहिद चोकस्थित सो पार्टीको नगर कार्यालयमा रहेको ४ सेट सोफा, २ टनको एसी एउटा, एक थान फ्रिज, १ थान भ्याकुम क्लिनर, स्टील दराज, कुसी, टेबुललगायत ५ लाखभन्दा बढी मूल्य बराबरको सामग्रीमा आगजनी गरिएको नगर पार्टी सभापती नवराज तिमल्सिनाले जानकारी दिनुभयो ।

त्यसैगरी नेकपा एमाले निजगढ पार्टी कार्यालयमा पनि ३ लाख मूल्य बराबरको फर्निचर र अन्य सामग्री जलाएर नष्ट पारिएको नगर अध्यक्ष तिलक घलानले जानकारी दिनुभयो । अध्यक्ष घलानले आगजनीबाट पार्टीको झण्डा, ब्यानर जस्ता प्रचार सामग्री र दस्तावेज नष्ट भएको बताउनुभयो । उता, माओवादी पार्टी कार्यालयको सोफा, दराज, कुर्सी, टेबुललगायत सामग्रीमा पनि आगजनी गरिएको थियो । क्षतिको विवरण बारे जानकारी लिन सो पार्टीका नगर अध्यक्ष सन्तोष दङ्गालसंग कुरा गर्न खोज्दा सम्पर्क हुनसकेन । आन्दोलनकारीहरुले दलहरुको पार्टी कार्यालयमा रहेका सामग्रीहरु बाहिर सडकमा निकालेर आगो लगाएका थिए ।सबैभन्दा पहिलो नेकपा एमालेको नगर कार्यालयका सामग्रीमा आगजनी गरेपछि सो समूहले नेपाली काग्रेस र माओवादी पार्टी कार्यालयमा रहेका उपकरण, फर्निचर र कागजपत्र पूर्वपश्चिम राजमार्गमा थुपारेर आगजनी गरेका थिए ।

Leave a Reply