निजगढ,हिन्दु समाजमा मृत्युपछिको अन्तिम संस्करमा दागबत्ती दिन छोरा नै चाहिन्छ भन्ने मान्यता छ । तर त्यो पुरातनवादी सोच र परम्परालाई चनौति दिदै बाराको निजगढका २ जना किशोरीहरुलेआमाको मृत्युपछि दागबत्ति दिएर किरिया बसेका छन ।

निजगढ नगरपालिका– ९ तेस्रो लाइनका आकृति र अन्जना पाण्डेले आमा बिमलाको मृत्युपछि दागबत्ति मात्रै दिएनन, यतिबेला उनीहरु किरियापुत्री समेत बसेका छन । उनीहरुले आमाको शव घाटसम्म पु¥याउने क्रममा आफैले काँध दिएका थिए । समाजमा छोरीले शव बोक्नु हुदैन र छोरा नभएका व्यक्तिलाई दाजुभाईका छोराहरुले नै भए पनि बोकेर घाट लैजानुपर्छ भन्ने मान्यता छ ।

छोरीले आफ्ना आमाबुबालाई दागबत्ति दिन र काजकिरिया गर्न हुदैन भन्ने चलन गलत भएकोले यसको सुधार गर्न आफूहरु अग्रसर भएको आकृति र अन्जनाले बताएका छन । अधिकार पाउने कुरामा छोरा÷छोरी बराबरी भएपछि आमाबुबाप्रतिको कतव्र्य पूरा गर्न पनि बराबरी हुुनुपर्ने उनीहरुको भनाई छ ।

५ जना छोरीकी आमा बिमलाको ४९ वर्षको उमेरमा एक साताअघि ब्रेन ट्युमरबाट मृत्यु मृत्यु भएको थियो । अन्य छोरीहरुको बिहे भइसकेकाले २१ र १९ वर्षिय आकृति र अन्जनामात्रै किरियापुत्री बसेका हुन । बाँकी छोरीहरु पनि ‘खडे किरिया’ बसेको नातामा दिदी पर्ने स्थानीय संचारकर्मी लक्ष्मी पाण्डेले बताउनुभयो । ‘उनीहरुले पनि सेतो पहिरनमा किरिया नै बारेर बसेका छन, तर भूइँमा नबसेर उभिएर बस्छन ।’ लक्ष्मीले भन्नुभयो ।हिन्दू परम्परामा छोरीले बाबुआमाको शव नबोक्ने र महिलाहरु श्मसानघाटमा नजाने चलन थियो । त्यस विपरीत छोरीहरु अगाडि आउनुलाई एकदमै राम्रो मान्नुपर्ने गौरीशंकर कलेज निजगढका पूर्वक्याम्पस प्रमुख रामप्रसाद गौतम बताउनुहुन्छ । ‘यो महिला सशक्तीकरणको संकेत हो, उहाँले भन्नुभयो, “आकृति र अन्जनाले समाजमा अनुकरणीय कार्य गरेका छन ।’

Leave a Reply