कृष्ण मोहन साह
सेढवा,विभिन्न पेसा र व्यवसायको शिलशिलामा काठमाडौंमा रहेका ठोरीबासीबिचको मैत्रीपुर्ण फुटसल प्रतियोगिता शनीवार सम्पन्न भएको छ ।ृष्ण जन्माष्टमी पर्वको अवसर पारेर नेकपा एमाले ठोरी –काठमाडौं सम्पर्क मञ्चको आयोजनामा दि हिमालयन फुटसल काठमाडौंमा ठोरी युथ फुटसल प्रतियोगिता सम्पन्न भएको नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
ठोरी गाउँपालिका वडा स्तरीय प्रतियोगितामा निर्मल समाज युवा क्लब ठोरी– ४ ले थ्री स्टार क्लब ठोरी– १ लाई पराजित गरेर उपाधी जितेको छ । उसले नगद रु २२ हजार २ सय २२ र ट्रफी हात पारेको छ । यस्तै उपविजेता बन्न सफल थ्री स्टार क्लबले नगद रु ११ हजार १ सय ११ र ट्र्फी जितेको छ ।
प्रतियोगितामा ठोरी गाउँपालिकाका ९ ओटा टिमले प्रतिस्पर्धा गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा ठोरीका क्षितिज बिष्ट उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।प्रतियोगिताले काठमाडौंमा विभिन्न पेसा व्यवसायको शिलशिलामा बसोबास गर्दै आइरहेका ठोरीबासीहरुको बिचमा भेटघाट, मित्रता र व्यक्तित्व विकास गर्न सहयोग पुर्याएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै सो अवसरमा विशिष्ट अतिथि चर्चित गायक बाबा पाख्रीनले प्रतियोगिताकै कारण ठोरीबासीलाई अझ नजिकबाट चिन्ने मौका पाएको बताउनुभयो ।
कार्यक्रममा ठोरीका अगुवा युवाहरु वीरबहादुर कुँवर, कृष्ण श्रेष्ठ, रामशरण श्रेष्ठ, मुन्ना श्रेष्ठ, हस्तबहादुर श्रेष्ठ, हेम श्रेष्ठ, तोपबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो ।

















