सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा आयोजीत रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् ।शान्ति युवा विकास मञ्च जीतपुरको आयोजनामाशनिवार सम्पन्न रक्तदान कार्यक्रममा ६५ जना पुरुष र ५ जना महिला सहित ७० जनाले रत्तदान गरेका हुन् ।मानव अधिकार एलाईन्सको सहकार्य र नेपाल रेडक्रस पर्सा शाखाको सहयोगमा कार्यक्रमको आयोजना गरीएको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नविन मैनालीले जानकारी दिनुभयो । शान्ति युवा विास मञ्च जितपुरले आफ्नो सामाजिक उतरदायीत्व अन्तरगत प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्षले जानकारी दिनुभयो ।



















