निजगढ,राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढले हिन्दू नारीहरुको पर्व तिजको अवसरमा बिहीवार निजगढ ४ स्थित मानव सेवा आश्रममा दर खाने कार्यक्रमको आयोजना गरेको छ ।संगठनकी जिल्ला सचिव सिता गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा आश्रममा रहेका ३ दर्जन भन्दा बढी सडक मानवहरुलाई तिजको दर खुवाइएको थियो । सोही कार्यक्रममा संगठनको तर्फबाट आश्रममा ५ हजार नगद सहयोग समेत गरिएको राप्रपा निजगढका अध्यक्ष खडकप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।कार्यक्रममा राप्रपा केन्द्रीय कमिटीकी पूर्वसदस्य सावित्री भारती, युवक संघठनकी पूर्व केन्द्रीय सदस्य सुष्मा भण्डारी, राप्रपा मधेस प्रदेश कमिटी सदस्य बासुदेव तिमल्सिना, राजेन्द्र सापकोटा, केशव राउत लगायतको उपस्थिति रहेको थियो ।



















