कलैया,निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी ज्वालाकुमारी साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसगै नेकपा एमालेले सो क्षेत्रमा ‘क्लीन स्वीप’ गरेको छ ।

क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा र प्रदेश सभाका दुबै सिटमा जित निकाल्दै नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको हो । प्रतिनिधि सभा सदस्यमा यो भने प्रदेश सभातर्फ क्षेत्र (क) मा एमालेका रवीन्द्र दास श्रेष्ठ र (ख) मा महम्मद समीर अंसारी विजयी हुनुभएको छ ।

बाराको ४ वटा निर्वाचन क्षेत्रको आठ प्रदेश सभा सदस्य पद मध्ये क्षेत्र नम्बर ३ को २ सहित ४ वटा प्रदेश सभा सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन । एमालेबाट क्षेत्र नम्बर १ (१) मा एमालेका त्रिलोकी चौधरी र ४ (१) मा देवनारायण चौधरी विजयी बनेका छन । क्षेत्र नम्बर १ (१) मा एमालेका त्रिलोकीले कांग्रेसका रमेश दंगाललाई २ हजार ५२८ मतान्तरले पराजित गर्नुभएको थियो । त्रिलोकीले १६ हजार ७९८ र रमेशले १४ हजार २७० मत पाउनुभएको छ ।

त्यसैगरी क्षेत्र नम्बर १ (२) बाट जनता समाजवादी पार्टीका सरोजकुमार यादव, क्षेत्र नम्बर २ (२) बाट बाच्चा यादव विजयी बनेका छन भने क्षेत्र नम्बर २ (१) बाट स्वतन्त्र उम्मेदवार शारदा शंकर यादव र क्षेत्र नम्बर ४ (२) बाट लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनलले जित हात पार्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here