सिम्रौनगढ,रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको विवाद चरम उत्कर्षमा पुगेको छ ।तत्कालीन मेयर गोपाल राय यादव भ्रष्ट्रचार अभियोगमा विशेष अदालतबाट दण्डित भएर निलम्बित भएसंगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच विवाद उत्पन्न भएको छ ।एक महिनादेखि जनप्रतिनिधि बीचको विवादको कारण समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक, कर्मचारीले तलब पाउन सकेका छैनन् भने लोकपर्व छठको मुखमा पनि लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता वितरण हुनसकेको छैन ।फतुवा विजयपुर नपाका जनप्रतिनिधिहरुबीच जारी विवादले नगरपालिका कार्यालयको काम अस्तब्यस्त मात्र नभएर नगरको विकास निर्माणको कामसमेत प्रभावित बनेको आम जनता पार्टीको फतुवा विजयपुर नगरपालिकाका नगर अध्यक्ष एवम गत स्थानीय निर्वाचनमा मेयर प्रत्यासी विजय यादव निर्विजले समाजिक सञ्जाल फेसबुकमार्फत जनाउनुभएको छ ।फतुवा विजयपुर नगरपालिका गलत नेतृत्वका कारण रौतहटको सबैभन्दा पिछ्डिएको नगर सावित भइसकेको यादवले फेसबुक स्टाटसमा लेख्नु भएको छ ।लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तियार अनुसन्धान आयोगरद्वारा दोषी ठहर भएका तत्कालीन मेयर गोपाल राय यादवलाई विशेष अदालतले तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला गरेसंगै उनको मेयर पद पनि गएको थियो ।‘भ्रष्टचारको जालोले बेरीको हाम्रो नगरको बेथिति विरुद्ध सम्पूर्ण न्याप्रेमी जनसमुदाय अगाडि आउन जरुरी देखिएको छ । जनमत पार्टीका अध्यक्ष यादवले फेसबुकमा भन्नुभएको छ, यो सबै बेथितिको विरुद्ध सम्पूर्ण युवा शक्ति एक हुन जरुरी छ ।’ उहाँले सुन्दर नगर फतुवा विजयपुरलाई मजबुत बनाउन एक हुन् पनि युवा शक्तिमा नेता विजय यादवले आग्रह गर्नुभएको छ ।

Leave a Reply