काठमाडौं । नेपाल टेलिकमले यस वर्षको प्रमुख चाडपर्वहरू—दशैं, तिहार र छठ—को अवसरमा आफ्ना ग्राहकका लागि विशेष छुटसहितका आकर्षक प्याकेज सार्वजनिक गरेको छ।

मोबाइल डाटा अफर

  • रु. ४९९ मा “फेस्टिवल अनलिमिटेड” डाटा प्याक: दैनिक ५ जीबीसम्म उच्च गति प्रयोग गर्न सकिने, त्यसपछि २ Mbps गतिमा अनलिमिटेड।

  • रु. ६९९ मा “फेस्टिवल प्रिमियम अनलिमिटेड” डाटा प्याक: दैनिक १० जीबीसम्म उच्च गति, त्यसपछि ३ Mbps गतिमा अनलिमिटेड।

भ्वाइस र एसएमएस सुविधा

  • रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस (जुनसुकै नेटवर्कमा प्रयोगयोग्य)।

  • रु. ९९ मा १००० अन–नेट एसएमएस (टेलिकम नम्बरभित्र पठाउन मिल्ने)।

FTTH अफर
असोज ६ देखि ३१ गतेसम्म नयाँ FTTH इन्टरनेट जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिनेछ।

यी सबै प्याकेज प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनका लागि मान्य हुनेछन्। अफर असोज ६ देखि २० र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ।

ग्राहकले प्याकेज खरिद गर्न 141511# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सक्नेछन्।

Leave a Reply