कलैया,जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयले बुधवार जारी गरेको प्रेस नोटअनुसार, फरार प्रतिवादीहरूलाई खोजतलास गरी लुकिछिपी बसेको अवस्थाबाट नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।पक्राउ पर्नेहरूमा लेनदेन बिगो मुद्दाका ६२ बर्षिय रामदेव दास नागरिकता सम्बन्धी मुद्दाका ७४ बर्षिय मोख्तार मिया ठकुराई र सहकारी ऐन, २०७४ सम्बन्धी मुद्दाका ३० बर्षिय राजनिष कुमार महतो रहेका छन् ।
रामदेव दासलाई फेटा गाउँपालिका– १ बाट जिल्ला प्रहरी कार्यालय, बारा र अस्थायी प्रहरी चौकी गंगापुरको टोलीले पक्राउ गरेको हो । त्यसैगरी, मोख्तार मिया ठकुराईलाई फेटा गाउँपालिका– ३, पुरैनियाबाट इलाका प्रहरी कार्यालय, छतवाको टोलीले नियन्त्रणमा लिएको छ ।राजनिशकुमार महतोलाई भने परवानीपुर गाउँपालिका– २, रामपुर टोकनीबाट इलाका प्रहरी कार्यालय, परवानीपुरको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिँदै आएको र यसबाट कानूनी शासन कायम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।


















