गएको वर्ष करिब करिब यही समयमा ठूलो मानवीय क्षति भयो । बारा र पर्सा सहित मधेशकै नागरिकहरु धेरै त्रिशुली नदीमा बेपत्ता भए । दुईवटा गाडीसंगै यात्रुहरु हराए र उनीहरुको अत्तोपत्तो अझै छैन ।संभवतः यो सरकारले बिर्सिसकेको पनि होला तर पीडितले बिर्सन सक्ने कुरै भएन । ठीक एक वर्षअगाडिकै झल्को दिने गरी फेरि मंगलवार यस्तै बिपत्ति आइलाग्यो । हुनत बर्षा लागेपछि नदीमा बाढी आउनु स्वभाविक पनि मानिएला तर बाढीले हरेक वर्ष नेपालमा ठूलो जनधनको क्षति हुने गरेको छ ।गएको वर्ष असारमा यस्तै भयो,असोजमा त्यस्तै भयो अनि अहिले फेरि खासै बर्षा नभएपनि छिमेकी देशमा आएको बर्षाले धेरै मानवीय क्षति भयो । चीनमा पानी परेको थियो तर क्षति भने नेपालतिुर भएको छ । मंगलवारको भोटेकोशीले मच्चाएको वितण्डाले फेरि एक पटक बिगत संझाएको छ तर नेपालमा जति बिगत संझिएपनि मानवीय क्षति भने कम भएको छैन ।

मानवीय क्षति कम हुनका लागि त सर्तकता आवश्यक थियो तर खोइ सर्तकता नपुगेर पो को होकि के हो फेरि मानवीय क्षति भएको छ । भौतिक क्षति त यसैपनि भइ नै हाल्यो मानवीय क्षति पनि भएको छ ।कमजोरी त राज्यकै हुन्छ, नदीको नाउमा हरेक तहका सरकाले पैसा सक्छन् तर समस्या जहाँको त्यही नै रहन्छन् । एक प्रकारले भन्दा यो वर्षको बर्षायाम शुरु हुन अझै बाँकी छ । सावधानी चैं अपनाउन एकदमै अझै आवशयक छ ।
















