कसैले पनि रहरले ऋण लिदैन । ऋण नतिरेकोभन्दै एकजना मिटरब्याजी साहुले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा एउटा गरिव परिवारको घर प्रहरीको सहयोगमा जबरजस्ति खाली गराएको पाइएको छ ।
वर्षौंअघि लिएको २ लाख रुपैयाँ ऋण नतिरेकोभन्दै गाउँपालिका– ५ की लालमुनी खातुनको झिटीगुन्टा बाहिर निकालेर घर खाली गराएपछि त्यो परिवारको यतिबेला बिल्लीवाठ भएको छ । खातुनले लिएको रकम ब्याजसहित अहिले ७ लाख पुगेपछि मिटरब्याजी साहुले प्रहरीको सहयोगमा अदालतको आदेश देखाएर खातुनको घर खाली गराएका हुन ।
सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा लालमुनी खातुनको अवस्था दर्दनाक देखिएको छ । घरभित्रबाट लत्ताकपडा र खाद्यान्न निकालेर सडकमा छरपस्ट बनाइएको भिडियोको दृश्य हेर्दा राज्यको संवेदनशीलता र न्याय प्रणालीमा सर्वसाधारणको पहुँचप्रति गम्भीर प्रश्न उठेको छ । घरबाट निकालिएपछि खातुनको परिवार यतिबेला मानसिक र सामाजिक पीडामा परेको छ र यो परिवारलाई सहयोगको आवश्यक पनि छ ।

घरमूली श्रीमान पनि छैनन् । रोजगारीको क्रममा उनी देश बाहिर छन । अनि यस्तो अवस्थामा ती पीडित परिवारमाथि आक्रमण गर्नु न्ययोचित हुने कुरै भएन । अहिले त राज्यका कयौं निकायहरु छन्, यस्तो समस्या परेको खण्डमा उनीहरुले सहजीकरण पनि गरिदिने गर्दछन् । कानुनी कारबाही पनि हुने गर्दछ । त्यसैले कसैले ऋण लियो भन्दैमा उसको उठीबास लगाउनु उचित होइन । यसको छानबिन होस् ।

 

Leave a Reply