वीरगञ्ज,वीरगञ्जको केडिया दाँत अस्पतालअगाडि मंगलवार विहान बस दुर्घटना भएको छ ।काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ०२–०३–००१ ख ०१५८ नम्बरको वेलकम डिलक्स कोचको यात्रुवाहक रात्रि बस दुर्घटनामा परेको हो ।
वीरगञ्ज गण्डक नजिकको केडिया दाँत अस्पताल अगाडीको डिभाइडरसँग ठोक्किएर बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ । स्थानियका अनुसार गाडी तीव्र गतिमा रहेको कारण अनियन्त्रित भएर डिभाइडरसँग ठोक्किदा दुर्घटना भएको छ ।

 

Leave a Reply