बितेको असार र साउनको मात्र कुरा गर्ने हो भने पनि सवारी दुर्घटनामा परेर ठूलो मानवीय क्षति भएको छ । भदौमा पनि यो क्रम दोहोरिएको छ । शुक्रवार मात्रै तनहुँमा ठूलो मानवीय क्षति भएको छ ।नागरिकहरु नेपाली वा भारती जो भए पनि उनीहरु दुर्घटनामा परे र ज्यान गुमाए । जे भए पनि यो ठूलो मानवीय क्षति हो । २७ जना नागरिहरु एक स्थानमा अवसान हुनु भनेको देशमा रहेको सडकको दुरावस्थाको बारेमा संकेत गर्दछ ।
हुन त हाम्रो छिमेकी देश भारतमा पनि सवारी दुर्घटना नहुने होइनन् । त्यहाँ पनि सवारी दुर्घटनामा परेर नेपालीहरुको पनि ज्यान गएको घटना छ । तर यसो भन्दैमा मानवीय क्षतिको विषयमा नजरअंदाज गर्न मिल्दैन । मानिसको मृत्यु हुनु त्यो पनि सवारी दुर्घटनामा कतै त कतै राज्य नै दोषि मान्नुपर्ने हुन्छ ।
हाम्रो देशको सडक अवस्थाका विषयमा नै बढी प्रश्न उठ्ने हो र समस्या पनि यही नै छ । सडक साँघुरो अनि मर्मत नहुने र सडक छेऊमा बार नभएका कारण ठूला सवारी दुर्घटना भएका छन् र धेरै मानवीय क्षति भएको छ । सरकारले यो विषयमा पटक्कै ध्यान दिएको छैन । यत्ति धेरै मानवीय क्षति भए पनि सरकारको चेत अझै खुलेको छैन र खुल्नेवाला पनि देखिदैन ।













