सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित बकुलिया खेलकुद मैदानमा सोमवार पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको छ ।मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले पर्खाल निर्माणको शिलान्यास गर्नुभएको हो । स्थानीय खेलकुद पूर्वाधारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मैदानमा पर्खाल निर्माण गर्न लागिएको हो ।मधेस प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको ७५ लाखको बजेटबाट पर्खाल निर्माण कार्य सुरु गर्न लागिएको वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरीले खेलकुद क्षेत्रको विकासले युवाहरूको भविष्य उज्यालो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संरक्षित खेल मैदानले खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगिताका लागि अनुकुल वातावरण उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
पर्खाल निर्माणमार्फत मैदानको सुरक्षा सुनिश्चित हुनुका साथै स्थानीय खेल प्रतिभालाई निखार्ने अवसर पनि प्रदान हुने उहाँको धारणा थियो । चौधरीले आगामी दिनमा खेल मैदानमा आवश्यक भौतिक पूर्वाधार विस्तारका योजनाहरू पनि अघि सारिने जानकारी दिन्भयो ।

Leave a Reply