निजगढ,निजगढ नगरपालिकाको आयोजनामा प्रथम नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।निजगढ नगर खेलकुद विकास समितिको आयोजना र निजगढ क्रिकेट क्लबको व्यवस्थापनमा आगामी जेठ १७ गतेबाट प्रतियोगिता सुरु हुन लागेको हो ।प्रतियोगिता निजगढ नगरपालिका वडा नम्बर ६ स्थित जनसृजनशील वन उपभोक्ता समूहको खेल मैदानमा हुनेछ । नगरपालिकाले २०८२ साल जेष्ठ १ गते निर्णय गरी प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि जेठ १५ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी थियो ।शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले मंगलवार एक सूचना प्रकाशित गर्दै मिति परिवर्तन गरिएको जानकारी गराउनुभएको हो ।प्रतियोगितामा निजगढ नगरभित्रका सम्पूर्ण माध्यमिक विद्यालयका टोलीको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply