दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरामा सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन गरिएको छ ।करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले एक कार्यक्रमकाबीच सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन गर्नुभएको हो । सो अवसरमा करैयामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवनेश्वर धामी, गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतो र स्थानीय भद्रभलादमी लगायतको सहभागिता रहेको थियो ।

















