निजगढ,समुदायमा आधारित प्रसूतिगृह, निजगढ सामुदायिक अस्पतालको २७औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
अस्पताल संचालक समितिका अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको साधारण सभाको उद्धाटन बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै सांसद मैनालीले अस्पतालको विकासको समुदायका सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । अस्पतालको विकास र सेवा विस्तारमा आफूले विगतमा पनि सहयोग गर्दैआएको र आगामी दिनमा पनि यथासक्य सहयोग गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरी, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष खडगप्रसाद उप्रेती, नेकपा समाजवादीका नगर अध्यक्ष भिमसेन सापकोटा, जनमत पार्टीका मोजहर मन्सुरलगायतले अस्पतालको बारेमा बोल्नुभएको थियो ।

अस्पताल परिसरमा भएको सो साधारण सभाको उद्धाटन सत्रमा प्रगति प्रतिवेदन पेस गर्दै अस्पताल संचालक समितिका अध्यक्ष न्यौपानेले अस्पतालमा सेवा र पूर्वाधार थप गरी गुणस्तरीय उपचार सेवा प्रदान गर्ने अभियान थालिएको बताउनुभयो ।
कार्यक्रममा समितिकी उपाध्यक्ष सावित्री भारतीले स्वागत मन्तव्य र सचिव कैलाश केसीले आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन कोषाध्यक्ष भाइकाजी श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply