सिमरा,मुसहर्नी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कृष्णचन्द्र (आशिष) श्रेष्ठ चयन हुनुभएको छ । समूहको शनीवार सम्पन्न १८औं साधारणसभा तथा पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रत्न खत्री, सचिवमा शिवनाथ चौधरी, सहसचिवमा कविता बस्नेत र कोषाध्यक्ष शिवहरी सिटौला चयन भएका छन् । यसैगरी समितिको सदस्यमा सुशील गौतम, सुमन पौडेल, सोचिता राउत, हिरा श्रेष्ठ, फणीन्द्र लामा, टीकामाया बस्नेत र राममाया रसाइलीलाई चयन गरिएको छ ।

अधिवेशनले विष्णु अर्याललाई अनुगमन समिति संयोजक, सूर्यप्रकाश कार्कीलाई लेखासमिति संयोजक र हरीप्रसाद उपाध्यायलाई सल्लाहकार समितिको संयोजक चयन गरेको छ । अधिवेशनले पाँच सदस्यीय छानबिन समिति समेत बनाउने निर्णय गरेको छ । समितिले बन्दसत्रमा उठेको समूह भित्रको आर्थिक अपारदर्शीतालगायतको विषयको छानबिन गर्ने बताइएको छ ।

यसअघि अधिवेशनको उद्घाटन मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बरकी कार्यवाहक अध्यक्ष माया विक, पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तोष भगत, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सत्य श्रेष्ठ, जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इश्वरी प्रताप लामा, भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पेशलकुमार मुल्मी, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply