झण्डै दुई तिहाइको सरकारले शुक्रबार सदनमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले हरेक बर्ष नै बैशाखको अन्त्यतिर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गर्दछ । जुन सुकै सरकार आएपनि यो नियमित प्रकृया नै हो तर सरकारले ल्याउने यस्ता नीति तथा कार्यक्रम नागरिकका लागि भने हर्ष न बिस्मात् हुने गरेको छ । आम नागरिकहरुका लागि भनेर ल्याइने यस्ता कार्यक्रम नागरिकहरुकाबीचमा गएको पाइदैन । नत राजाको पालामा भयो नत गणतन्त्र आएपछि नै भयो ।
जनताको सरकार भनेकाहरुले पनि ल्याउने नीति तथा कार्यक्रम कसैगरी पनि जनताको पक्षमा छैनन् । अघिल्लो साल प्रचण्ड नेतृत्वको सरकारले यस्तै नीति तथा कार्यक्रम ल्याएको थियो । प्रश्तुत अहिले नै राष्ट्रपतिबाट भएको हो । यो एक बर्षमा प्रचण्डले ल्याएका नीति कार्यक्रम कति कार्यान्वयन भए, कति जनतको पक्षमा भए कसैलाई थाहा छैन ।
नेता र कार्यकर्ता वा कर्मचारीहरुका लागि भयो होला तर आम जनताका लागि के दिएको छ र यो कार्यक्रमले ? यही कार्यक्रमको आधारमा जेठ १५ गते बजेट आउने गर्दछ । बजेट पनि नागरिकहरुका लागि लुत्तो न कनाइ जस्तो ह्ुने गरेको छ । जुन सरकारले ल्याएपनि कार्यक्रम जनमैत्री छैन अब कसरी जनमैत्री बनाउन सकिन्छ यो बिषयमा भने नेता र दल सचेत बन्नुपर्ने हो तर बनेको देखिदैन ।















