कलैया,बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले चार कोठे विद्यालय भवनको शिलान्यास गर्नुभर्एको छ ।
सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दिया औरैयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आइतवार एक समारोहबीच अध्यक्ष यादवले विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । विद्यालय भवनको शिलान्यास गर्दै अध्यक्ष यादवले भवनको अभाव झेलिरहेको आफ्नो गाउँको विद्यालयको अब कायापलट हुने बताउनुभएको छ ।विद्यालय भवन शिलान्यास कार्यक्रममा पािलकाको वडा नम्बर ४ का वडा अध्यक्ष झकडप्रसाद यादव, ४ का वडा सदस्यहरु, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादव र नेपाली काङ्ग्रेस पार्टीका नेता रामनरेशप्रसाद यादवसहित पालिकाका विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
















