राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरियामा मालपोत र नापी कार्यालयको शाखा कार्यालय स्थापनाका लागि सम्भावित स्थानको बिहीबार अवलोकन गरिएको छ ।नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पोखरियामा ती दुवै कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेपछि पोखरिया नगरपालिकाका जनप्रतिनिधीसहितका सरोकारवालाहरु त्यसका लागि जुटेका छन् ।
यसैक्रममा पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा बसेको सरोकारवालाहरुसहितको बैठक बसेको बसेको थियो ।
बैठकपछि मेयर चौहानसहित सरोकारवालाहरुको टोलीले कार्यालय स्थापनाका लागि पोखरिया–४ पोखरिया बजारमा अवस्थिते शिव मनिदर परिसर, कृषि शाखा कार्यालयको भवन र पोखरिया–९ सेमरवारी चोकमा रहेको सार्वजनिक धर्मशालाको अवलोकन गरेको हो ।अवलोकन टोललीमा सहभागी सर्वेक्षक रामप्रमोद राउतले अवलोकन तथा निरीक्षण गरिएका स्थानमध्येबाटै उपयुक्त स्थानमा मालपोत र नापी कार्यालय स्थापना गरि सञ्चालन गरिने बताउनुभयो ।
अवलोकन टोलीमा भूमि व्यवस्थापन तथा अभिलेख प्रमुख टेकराज अर्याल, नापी विभागका राकेश कुमार झा, अजयकुमार श्रीवास्तव,सर्वेक्षक रामप्रमोद राउत, नापी अधिकृत राजकुमार विश्रवकर्मा, रामरेखा चौरसिया, वडा अध्यक्ष प्रमोद गिरी, लक्ष्मण साह कानु, नौसाद आलम, सन्तोष गिरी, भगवानप्रसाद कुर्मी,पारस ठाकुर, सन्दिप साह कानु,सञ्चारकर्मी शैलेश गुप्ता लगायतकाहरुको सहभागीता रहेको थियो ।


















