निजगढ,निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यको सोमवार कार्यालयमास्वागत गरिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन २१ गतेको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाएपछि निजगढ नगरकार्यपालिकाको कार्यालयमा हाजिर हुनुभएका उपसचिव आचार्यको नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायत, लेखा अधिकृत एंव निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा, कार्यपालिकाका सदस्यहरु रकार्यालयका कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका हुन । जनप्रतिनिधिको तर्फबाट नगर प्रमुख पुरी, वडा नम्बर ६का वडा अध्यक्ष घनश्याम तिममल्सिनार कर्मचारीहरुको तर्फबाट लेखा अधिकृत देवकोटाले फूलको गुच्छासहित दिएर आचार्यको स्वागत गरेका हुन ।
प्रमुख प्रशासकीय अधिकृत आचार्यको स्वागतपछि सोमवार नै कार्यालयमा जनप्रतिनिधि र कर्मचारीहरुसंग परिचायत्मक कार्यक्रम आयोजना गरिएको थियो । नगर प्रमुख पुरीको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख जीवन गौतमले गर्नुभएको थियो ।आचार्य यसअघि संघीय मामला तथा स्थानीय प्रशासन मन्त्रालय अतिरिक्त समूहमा कार्यरत हुनुहुन्थ्यो ।यस अघिका निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकामा सरुवा भएपछि आइतवार कार्यलयमा विदाई तथा फेरी भेटौला कार्यक्रम गरिएको थियो ।
















