रामकिशोर चौधरी

सखुवाप्रसौनी,पोखरिया नगरपालिकामा सोमवार जिल्ला स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशको आयोजनमा पालिकास्तरीय पूर्णखोप तथा दिगोपना सम्बन्धी समीक्षा गोष्ठी सम्पन भएको छ ।

पोखरिया नगर नपालिकाका नगर प्रमुख प्रद्युमनप्रसाद चौहानको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार, पोखरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख कौशलेंद्र मिश्रालगायत नगरपालिकाका वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्ट डाक्टर संजय गुप्ता,, प्रधानाध्यापक ओमप्रकाश रौनियर, नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय कुमार झा, नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय पोखरियाका सभापति भगवानप्रसाद कुर्मी र विभिन्न स्वास्थ्य संस्थाका इन्चार्ज लगायतको पनि सहभागिता रहेको थियो ।

गोष्ठीमा कुन्दन चौधरी र सत्रुधन यादवले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply