सिमरा,प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनले लालबाबु शेखको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।रौतहटको चन्द्रपुरमा भएको अधिवेशनले समितिको उपाध्यक्षमा गौतम श्रेष्ठ, महिला उपाध्यक्षमा भवानी सुवेदी, महासचिवमा दिवाकर भण्डारी र कोषाध्यक्षमा जितेन्द्र शाह चयन भएका छन् । यसैगरी सचिवहरूमा ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा चयन भएका छन् ।
अधिवेशनले सदस्यमा पिन्टू यादव, गणेशप्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आसिक अन्सारी, सुरेशप्रसाद आचार्य, संगिता सिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भुप्रसाद महतोलाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नुभएको थियो ।

















