निजगढ,११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा निजगढ नगरपालिकाले आगामी फागुन २४ गते महिलाहरुबीच कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ । नगरपालिका कार्यालयले ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने शीर्षकमा कविता लेखन र वाचन प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यस वर्षको नारी दिवस ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ देशव्यापी रुपमा मनाउन लागिएको छ । नगरपालिकाले सोही राष्ट्रिय नाराको शीर्षकमा कविता प्रतियोगिता आयोजना गर्नेभएको हो ।
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले एउटा सूचनामार्फत सोमवार प्रतियोगिता बारे जानकारी गराउनुभएको छ । नगरपालिकाको सभा हलमा बिहान १० बजेबाट शुरु हुने सो प्रतियोगितामा सहभागी हुन इच्छुक महिला तथा बालिकाहरुले१५० शब्दभन्दा नबढाइआफैले रचना गरेको कविता फागुन २२ गते दिउँसो ५ः०० बजेभित्र नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा दर्ता गराउन पनि सूचनामा आग्रह गरिएको छ । कविता महिला समावेशीकरण, सशक्तीकरण र समानतासँग सम्बन्धित विषयमा केन्द्रित हुनुपर्ने पनि सूचनामाउल्लेख छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमसः७ हजार ५ सय र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले जानकारी दिनुभयो ।
कार्यक्रमको सफल आयोजना गर्न सम्पूर्ण तयारी पूरा भएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बतौलाले बताउनुभयो । इच्छुक सहभागीहरुले थप जानकारीका लागि ९८४५२९४०७६ वा ९८४५१६६१२८ मा सम्पर्क गर्न पनि भनिएको छ ।महिला अधिकार, समानता र सशक्तिकरण प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने यस प्रतियोगिताले महिलाहरूलाई आफ्नो सृजनात्मक क्षमताको प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
















