कलैया,बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडामा बुधवार राहतस्वरुप खाद्य सामग्री वितरण गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १, ४, ५ र ९ का ४० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । वडा नम्बर ४ का अध्यक्ष जटाशंकर सहनी र डा. सुशिल कुमार साहको पहलमा गरिब, विपन्न तथा नियमित ज्यालामजदुरी गर्ने परिवारलाई खाद्यान्न उपलब्ध गराइएको हो । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञाका कारण प्रभावित भएका परिवारलाई प्रतिपरिवार १० किलो चामल, २ किलो दाल, ४ किलो आलु, २ किलो सोयाबिन लगायतका सामग्री वितरण गरिएको डा. साहले बताउनुभयो ।

Leave a Reply