वीरगञ्ज,बारा प्रहरीले बरामद गरेको करिब ६२ लाख ३५ हजार रुपैयाँ बराबरको राजश्व छलीको सामान अनुसन्धानको लागि राजश्व कार्यालय पथलैयामा बुझाएको छ ।
प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी बरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ५४५५ नम्बरको ट्रकबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा बरामद गरेको उक्त मूल्य बराबरको सामान राजश्व अनुसन्धान कार्यालयमा बुझाएको हो । प्रहरीले चेकजाँचको क्रममा बिल बिजकभन्दा बढी तथा राजस्व छलीको आशंकामा उक्त ट्रकबाट विभिन्न सामान बरामद गरिएको हो ।बरामद सामानमा मोविल, अबिर, ब्याट्री, कपडा, मेथी लगायतका अन्य खुद्रा सामग्री रहेका छन् । ट्रक नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी बलराम श्रेष्ठले जानकारी दिनुभयो ।



















