चन्द्रपुर,नेकपा एसका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहटका समाजवादी पत्रकार प्रेस चौतारी नेपालमा फर्किएका छन् ।चौतारीको मंगलवार चन्द्रपुरमा भएको आठौं रौतहट जिल्ला अधिवेशनको उद्घाटनका कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखा रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झा प्रेस चौतारीमा फर्किनुभएको हो । उहाँले महासंघको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँसँगै उक्त संगठनका केन्द्रीय सदस्य कृष्ण तिवारी पनि चौतारीमा फर्किनुभएको छ ।झा र तिवारीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणी सुवेदीले स्वागत गरेका छन् । रौतहटका ४ जना समाजवादी पत्रकारमध्ये यसअघि एकजनासहित हालसम्म ३ जना चौतारीमा फर्किएको जिल्ला अध्यक्ष आदर्श उपाध्यायले बताउनुभयो ।

Leave a Reply