नरेश गुप्ता,

बरियारपुर,स्थानीय तहको निर्वाचनमा बारामा आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएपनि नियमनकारी निकाय भने मुकदर्शक भएर मौन बसेको छ । स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गते हुने भएको छ । उम्मेदवारहरुलाई निर्वाचन कार्यालयले चुनाव चिन्ह पनि प्रदान गरिसेको छ । स्थानीय तहको निर्वाचन भय रहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न चैत्र २५ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता पनि लागु गरिएको हो । र बारामा निर्वाचन आचारसंहिताको पालना भएको देखिदैन भने सम्बन्धित निकाय मुखदर्शक बनेको पाइन्छ ।

निर्वाचन प्रचार कार्यमा आचारसंहितामा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने नमिल्ने, भोज भतेर गर्ने नपाईने, कुनै पनि पार्टीको चिन्ह अँकित भेष्ट, गमछा लगाउन नपाइने जस्ता कुरा समाबेश छन । तर बारा जिल्लामा उम्मेदवारी दर्ता गरिएको दिनदेखि नै निर्वाचनलाई प्रभावति पार्न उम्मेदवारहरुले भोजभतेर र बालबालिकाको प्रयोग गरिरहेको देखिएको छ । पार्टीको चुनाव चिन्ह अँकित पोशाक लगाएर हिडेका कार्यकर्ताहरु पनि बजारमा छ्यापछ्याप्ती भेटिएका छन । केहि पालिकामा उम्मेदवारहरुले मतदातालाई नगद रकम पनि बाढने गरेको सूचना प्राप्त भएको छ ।

त्यसैगरी चुनाव प्रचारप्रसारमा उम्मेदवारहरु चर्को स्वरमा डिजे बजाउदा पनि सम्बन्धित निकाय मौन बनेको छ ।

Leave a Reply