कुनै बेला वीरगञ्ज पथलैया सडकखण्डको अवस्था पनि एकदमै दयनीय थियो । दिनदिनै सवारी दुर्घटना भएर मानवीय क्षति भएको खबरहरु आउथे । तर, अहिले वीरगञ्ज पथलैया सडकखण्डको अवस्था फरक भएको छ ।ढिलै भएपनि वीरगञ्ज पथलैया सडकखण्ड निर्माण भएपछि नागरिकहरुलाई धेरै राहत भएको छ । अब कम्तीमा सडक साँघुरो भएका कारण यो सडकखण्डमा कसैको ज्यान भने जाने छैन । सुधार वीरगञ्ज पथलैया सडकखण्डमा मात्रै भएन पुग्दैन ।यसका लागि राजमार्गहरु चौडा हुन आवश्यक छ । पथलैया सडकखण्डको पार्किंङ्ग पनि हटाइने भएको छ । पथलैयाबाट पूर्वको बाटोको अवस्था उस्तै छ । हेटौंडा जाने बाटो त्यस्तै छ । सडकको अवस्था एकदमै दयनीय छ । कति बेला ठूलो दुर्घटना हुन्छ भन्न सकिने अवस्था छैन । उता सडकको विषयमा न्यायलयबाट पनि अवरोध भएको छ ।विकासको पहिलो कडी भनेकै सडक विस्तार र विकास हो । सडक बिना विकास संभव हुदैन । त्यसैले पनि बाहना बनाएर होइन सडक बिस्तार हुनु पर्दछ । आज नभएपनि भोलि सडक विस्तारको विकल्प छैन । त्यसैले अहिले जति नै बहाना बनाएपनि एकदिन सडक विस्तार गर्नु नै पर्दछ । त्यसैले पनि सडक विस्तारका लागि आलटाल गर्न हुदै हुदैन ।
















