सिमरा,नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जीतपुरसिमरा उपमहानगर कमिटीले आइतबार मास्क र सेनिटाईजर वितरण गरेको छ । अनेरास्ववियुको ५७ औं स्थापना दिवसको अवसरमा वडा ४ को फरदवा र बिसौलियामा करिब २००० पिस सर्जिकल माक्स र सेनिटाईजर वितरण गरेको हो । सो अवसरमा जनचेतनामुलक कार्यक्रम समेत गरिएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य ईश्वर बस्नेतले जानकारी दिनुभयो । कोरोना माहामारिमा आफ्नो क्षेत्रको जनतामा जनचेतना जगाउनु पर्छ भन्ने उद्धेश्य साथ माक्स र सेनिटाईजर वितरण गरिएको उहाले बताउनुभयो । कार्यक्रममा अनेरास्ववियुका बारा जिल्ला कमिटी सदस्य अतिश श्रेष्ठ, शुसान्त शाह ठकुरी, सन्तोस दहाल, समीर लुईटेल, सन्तोस तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।