दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,
बाराको कोल्हबी नगरपालिकामा यही माघ २३ गते देखि २५ गते सम्म १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एच.पि.भि खोप लगाइने भएको छ ।कोल्हबी नगरपालिकाको सभाहलमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको एक दिने एच.पी.भी. खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।
कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न सो सो कार्यक्रममा नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल वडा नम्बर १ को वडा अध्यक्ष राजहरण चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारी वडा नम्बर ३ को वडा अध्यक्ष किशुनदयाल चौधरी, वडा नम्बर ६ को वडा अध्यक्ष दिनेश चौधरी, स्वास्थ्य शाखाका सहसंयोजक बिश्वनाथ चौधरी, नगर कार्यपालिका सदस्य रनिया थरुनी, कपीलदेव ठाकुर, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रतिनिधि, शसस्त्र प्रहरी वेस क्याम्प कोल्हबीका प्रतिनिधि, कार्यालयका कर्मचारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा पि.एच.भी. खोपको विभिन्न पक्षको बारेमा जिल्ला स्वास्थ्य कार्यालय बारामा कार्यरत खोप सुपरवाईजर जितनप्रसाद चौधरी र नगर स्वास्थ्य संयोजक मनोज चौधरीले जानकारी दिनुभएको थियो ।

Leave a Reply