वीरगञ्ज, पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश गर्नुभएको छ बढुवामा नपरिएको भन्दै केही समयअगाडि राजीनामा दिएका एसएसपी द्विवेदी मंगलवार बुद्धनगरस्थित पार्टी कार्यालयमा एक कार्यक्रमबीच पार्टी प्रवेश गर्नुभएको हो ।जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उहाँलाई टिका लगाइ पार्टी प्रवेश गराउनुभएको थियो । डिआइजीहरुको बढुवामा आफ्नो नाम नपरेपछि उहाँले आक्रोशित बन्दै राजीनामा दिनुभएको थियो ।मधेशी भएको कारणले बढुवामा आफ्नो नाममा नपरेको उहाँले सार्वजनिकरुपमा दुखेसोसमेत व्यक्त गर्नुभएको थियो । उहाँ कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदीका आफन्त समेत हुनुहुन्छ ।द्विवेदीले इलाका प्रहरी कार्यालय निजगढको प्रहरी निरीक्षकको जिम्मेवारीमा समेत हुनुहुन्थ्योे ।

Leave a Reply