निजगढ,नेपाली रंगमञ्चका गायक रामकृष्ण ढकाललाई धेरैले लोकप्रिय, सर्वप्रिय र सदावाहार जस्ता उपनाम दिएका छन । तर उहाँकै जन्मथलो निजगढमा भनेढकाललाई ‘गायन सम्राट’ उपनाम दिइएको छ ।निजगढ उद्योग बाणिज्य संघको आयोजना भइरहेको “प्रथम निजगढ महोत्सव– २०८१”मा आफ्नो प्रस्तुति दिनआउनुभएका गायक ढकाललाई निजगढ नगरपालिकाकोतर्फबाट बुधवार ‘गायन सम्राट’को उपाधि सहित सम्मान पत्र दिएको हो ।

नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले हस्ताक्षर गरेर प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ– ‘नेपालको प्रसिद्ध क्षेत्र बाराको निजगढमा जन्मिएर बाल्यकालदेखि नै नेपाली साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान दिँदै करिब चार दशकदेखि अविच्छिन्न रूपमा योगदान दिइरहनुभएका तपाई श्री रामकृष्ण ढकालको नाम देशदेशावरमा फैलिएको छ ।’
सम्मानपत्रमा अगाडि भनिएको, ‘संसारभर छरिएका नेपालीहरूमाझ गीत सङ्गीतलाई पु¥याउन यहाँले गर्नुभएको अतुलनीय योगदानप्रति यो क्षेत्र सदैब कृतज्ञ र ऋणी रहेको छ । राष्ट्रिय प्रतिभा पुरस्कार, गोरखा दक्षिण बाहुदेखि नारायणगोपाल युवा सङ्गीत पुरस्कार, नातीकाजी सङ्गीत सम्मान र कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित साथै नेपाली सुगम सङ्गीत, सिनेमा, लोकशैली, भजन तथा विभिन्न भाषाभाषिका गीतमार्फत सङ्गीत र संस्कृतिलाई पुस्तान्तरण गर्न र निजगढ क्षेत्रलाई सर्वत्र चिनाउन अहम् भूमिका खेल्नुभएकोमा तपाइँलाई समस्त नगरबासीको तर्फबाट यहाँकै जन्मभूमिमा सम्मान गर्न पाउँदा हामी गौरवान्वित छौं ।’

त्यसैगरी स्थानीय संचार गृह निजगढ टाईम्सलेपनि ढकाललाई सम्मानपत्र सहितढकाललाई ‘गायन सम्राट’को उपाधि दिएको छ । निजगढ टाईम्सका अध्यक्ष इन्दीप कोइरालाले सोही अवसरमा सम्मानपत्र सहित सो उपाधि दिनुभएको हो ।
कार्यक्रमा ढकालले ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस’, ‘मन पराउने हजार हुन्छन् जुनी काट्ने एउटै हुन्छ’, ‘मलाई यो जिन्दगीले कहाँ पुग्यायो कहिले हँसायो कहिले रुवायो’ जस्ता एक दर्जन गीत प्रस्तुत गर्नुभएको थियो ।गीतसँगै बोल्ने क्रममा ढकालले निजगढसँगको आफ्नो सम्बन्ध बारेमा पटकपटक चर्चा गर्नुभएको थियो । ‘त्यतिबेलाका धेरै घटनाहरू अहिले त विस्मरणमा पुगिसके, उहाँले भन्नुभयो– ‘तर जहाँ पुगे पनि निजगढको माटोको भने सँधै सम्झना आइ नै रहन्छ।’
ढकालले जन्मस्थानमा आएर दोस्रोपटक कार्यक्रम गर्न पाएकोमा खुसी पनि व्यक्त गर्नुभएको छ । त्यसैगरी बाल्यकालमा नै जन्मस्थान निजगढ छोडेर अन्यत्र लाग्नुपरेकोमा दुःख मनाउ पनि गर्नुभएको थियो ।

ढकालको निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलमा ४० वर्षअघि जन्म भएको थियो । हाल उक्त स्थानमा अर्कैकोपक्की घर ठडिएको छ । ‘पहिले काठको सानो थियो’, आफू जन्मेको घर सम्झदै उहाँले भन्नुभयो– म त्यही आँगन र पिंढीमा खेलेर हुर्केको थिएँ ।’ ढकालबिहिवार बिहान आफ्नो जन्मघर हेर्न सडकटोल पनि जानुभएको थियो ।
२०३५÷०३६ सालमा निजगढको घरघडेरी बिक्री गरेर सिमरा बसाँई सरेको उहाँको परिवार त्यसपछि चितवनको जुगेडीमा बस्दै आएको थियो । त्यतिबेला निजगढ, सिमरा, चन्द्रपुर र वीरगञ्ज रुटमा चल्ने बसमा गीत गाएर यात्रुलाई मनोरञ्जन दिने ढकाल २०४३ सालमा काठमाडौं प्रवेश गरेपछि भने नेपाली संगीत क्षेत्रमा निरन्तर छाउँदै आउनुभएको छ ।दोस्रो पटक आफ्नो जन्ममूमिमा प्रस्तुति दिन आउनुभएका ढकालको गीत सुन्न हजारैको सख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तमपौडेललगायत स्थानीय जनप्रतिनिधि र संगीतप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply