अमेरिकामा दोश्रो पटक राष्ट्रपति पदमा डोनाल्ड टम्प विजयी भएपछि अहिले अमेरिकामा एक प्रकारको भागदौड छ । त्यहाँ एक खालको आतंक छ । अमेरिका बिश्वका सबैको एक सपना बन्ने गर्दछ जसका कारण पनि लाखौं विदेशीहरु स्वर्णिम सपना बोकेर अमेरिका गएका छन । अझै नेपालीहरुको त कुरै नगरौं,ज्यानको बाजी थापेर लाखौं रुपैयाँ दलाललाई बुझाएर अबैध बाटोबाट अमेरिका गएका पनि धेरै छन् भन्ने कुरा विभिन्न संचारमाध्यामबाट सार्वजनिक भइ नै सकेको छ ।
नागरिकहरुको अमेरिका पलायन नेपाल सरकारले चाहेर पनि रोक्न नसेकेको कुरा हो यो । अमेरिकामा गएपछि केके न हुन्छ भन्ने सोच भएका कारण पनि ज्यानको बाजी थापेर नेपालीहरु त्यहाँ गएका छन् तर पछिल्लो समय उनीहरुको समेत निद हराम बनाइदिएका छन्,टम्पले ।

आफ्नो देशका लागि टम्प ठीक र जायज भएको कुरा त्यहाँका जनताले मतदान मार्फत नै व्यक्त गरेका कारण पनि अब टम्पका विषममा थप टिप्पणी गर्नु नेपालीका लागि ठीक छैन ।बिश्वका हरेक देशका लागि डोनाल्ड टम्पले लिएको नीति टाउको दुखाइ बनेको छ र बन्नेपनि छ । यद्यद्यि अब त्यहाँबाट अबैध आप्रावासीहरु भाग्नुको विकल्प देखिदैन । अमेरिका अबको कम्तीमा चार वर्ष आप्रावासीहरुका लागि सुखद छैन भन्ने सन्देश टम्पले दिनदिनै दिइरहेका छन् ।

आफ्नो देशका जनतालाई उच्च स्थानमा राख्नु हरेक देशका शासकहरुको दायित्व हो नै यसमा टम्प गलत पनि छैनन् तर प्रक्रियागत रुपमा अमेरिका गएकाहरुलाई भने समस्या छैन तर लुकीछुकी बस्नेका लागि भने अब त्यहाँ ठूलै समस्या आइलाग्ने भएको छ ।यसबाट विदेशिने लहर चलेको हाम्रो देशका नागरिकहरुले अमेरिकाको यस कदमबाट लिनुपर्ने शिक्षा के हो भने– अब आफ्नो जन्मभूमिक (देश) बाहेक अन्यत्र सुरक्षा छैन । त्यसैले सबैले यो कुरा बुझ्न जरुरी छ कि अब हामीले अरुको भर नपरीआफ्नै देशमा गरिखाने उपायको खोजीमा लाग्नुपर्छ ।

Leave a Reply