काठमाण्डौं,अमेरिकामा अवैध रूपमा बसिरहेको भनेर पहिचान भएका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन तयार रहेको चीनले बताएको छ ।अमेरिकाले अबैध बसिरहेकाहरुलाई देश निकाल्ने योजना सार्वजनिक गरेपछि चीन सरकारले आफ्ना नागरिकलाई फिर्ता ल्याउने बताएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका मानिसहरूलाई फिर्ता नलगेमा उनीहरूमाथि कर र प्रतिबन्ध लगाउने धम्की दिएका थिए ।
हालैका महिनाहरूमा, अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले पाँचवटा चार्टर उडानहरूमा सयौँ चिनियाँ नागरिकहरूलाई चीन फिर्ता पठाएको थियो । उनीहरूलाई अमेरिकाले अवैध बासिन्दा घोषित गरेको थियो ।

विभागले चीनले आफ्ना नागरिकहरूलाई अस्वीकार गरेमा भिसा प्रतिबन्धसहित गम्भीर परिणामहरू भोग्नुपर्ने चेतावनी दिएको थियो । हामी अमेरिका र अन्य देशका अध्यागमन र कानुन प्रवर्तन विभागहरूसँग सहकार्य गरिरहेका छौँ । प्रमाणीकरणपछि चिनियाँ नागरिकको रूपमा पुष्टि भएपछि चीन ती नागरिकहरूलाई फिर्ता लैजान चीन तयार छ, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका छन्। ट्रम्पले गत हप्ता आफ्नो कार्यकालको पहिलो दिन नै अवैध आप्रवासनलाई राष्ट्रिय आपत्काल घोषणा गरेका थिए ।यसैबीच अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए ।
अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गर्नुभएको जनाएको छ । न्याय विभागका ती अधिकारीले आउँदा दिनमा राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसक्ने भएकाले बर्खास्त गरेको कार्यवाहक महान्यायाधिवक्ता म्याकहेनरीले बताउनुभएको छ ।

Leave a Reply