मकवानपुर , राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई–मधेश द्रुतमार्ग ९फास्ट ट्र्याक० निर्माण तोकिएको अवधिमा सम्पन्न हुने सम्भावना न्यून बन्दै गएको छ ।

नेपाली सेनाले व्यवस्थापनको जिम्मा लिएर निर्माण सुरु गरेको सात वर्षको अवधिमा अहिलेसम्म ३७।६० प्रतिशत मात्र निर्माणको काम सकिनुले फास्ट ट्र्याक निर्माण तोकिएको अवधिमा सम्पन्न हुने सम्भावना न्यून बनेको हो ।

 

सरकारको २०८० वैशाख ५ को मन्त्रिपरिषद् बैठकले २०८३ चैतसम्ममा फास्ट ट्र्याक निर्माण सम्पन्न गरिसक्ने निर्णय गरिएको थियो । तर, हालसम्म एक तिहाई मात्र काम सम्पन्न भएको कारण यो राष्ट्रिय गौरवको आयोजना समयपनि पुनः समय थप गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ ।

बाराको निजगढबाट काठमाडौंसम्म कुल ७०।९७७ किलोमिटर रहेको फास्ट ट्र्याकमा हालसम्म ६।५ किलोमिटर क्षेत्रको कुनै ठेक्का समेत नहुँदा ललितपुर क्षेत्रको खोकना क्षेत्रमा काम सुरु हुन समेत सकेको छैन । यस बाहेक ६४।४७७ किमिको क्षेत्रमा भने काम जारी रहेको छ ।

२ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ निर्माण लागत रहेको फास्ट ट्र्याकमा हालसम्म ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भइसकेको नेपाली सेनाले तथ्यांक दिएको छ । २०७४ साल जेठबाट नेपाली सेनाको व्यवस्थापनमा काम भैरहेको द्रुतमार्गको सुरुङ निर्माण र पछिल्लो समय पुल निर्माणको कामले भने तीब्रता पाएको देखिन्छ ।

नेपाली सेनाको अनुसार द्रुतमार्गको कुल क्षेत्रफलमा १०।१३ किलोमिटरका सातवटा सुरुङमार्ग निर्माण हुनेछन् । जसमध्ये मकवानपुरको बकैया गाउँपालिकाअन्तर्गत ११ र १२ नम्बर वडामा रहेको सुरुङमार्ग लेनडाँडा र धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ ।

भने, महादेवटार सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । अन्य सुरुङहरु मध्ये एक किलोमिटरको देवीचौर, ३९० मिटर दूरीको सिसौटार सुरुङमार्ग डिजाइनका क्रममा छ । गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार ५८३ मिटरको मौरीभीर सुरुङ थपिएको छ । यो पनि निर्माणको क्रममा रहेको छ ।

द्रुतमार्गमा रहेको ८९ पुलमध्ये हालसम्म ५ वटा पुलको निर्माणकार्य सम्पन्न भइसकेको छ भने अन्य पुलहरु निर्माणको क्रममा रहेको सेनाको तथ्यांकमा उल्लेख छ । मकवानपुर बकैया गाउँपालिकामा पर्ने राजदमार क्षेत्रमा ५ पुलको निर्माण सकिए सेनाले जनाएको छ ।

अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न पुलको फाउन्डेसन तथा सब स्ट्रक्चर र सुपर स्ट्रक्चरको काम भइरहेको छ । ८९ मध्य चारवटा पुल जग्ग विवाद रहेको ललितपुरको खोकना क्षेत्रमा पर्ने भएको कारण उक्त पुलको कुनैपनि काम सुरु हुन नसकेको सेनाको भनाई रहेको छ ।
खोकना–बुङ्मती खण्डको २ सय ११ रोपनी जग्गा अझै अधिग्रहण हुन नसक्दा पुल तथा सडक निर्माण कार्यले गति लिन नसकेको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको द्रुत निर्माणको पछिल्लो प्रगति विवरण लिनको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बकैया स्थित ब्रेक थ्रु गरिएको लेनडाँडा सुरुङमार्ग क्षेत्रमा आए ।

उनले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिए । उनले आधुनिक विकासको नमुनाको रुपमा रहेको योजना भएको भन्दै समयमानै सम्पन्न गर्न सेनालाई निर्देशन समेत दिएका छन् । जग्गा विवादको विषयलाई सरकारले चाँडै हल गर्ने राष्ट्रपतिले विश्वास पनि लिएको सेनाको भनाई छ ।

द्रुतमार्ग निर्माणपछि नेपालको सडकपनि अन्तराष्ट्रिय स्तरको हुने, देश सुरुङमार्गको युगमा प्रवेश गर्ने राष्ट्रपति पौडेलले बताएका थिए । देशको गौरवको योजना भएको कारण पनि समयमानै काम सकेर उदारणीय कामको नमुना पेश गर्न उनले सेनालाई निर्देशन समेत दिएका थिए ।

यसैबीच सेनाले यो क्षेत्रमा हालसम्म ३६ हजार १ सय ७९ वटा विभिन्न प्रजातिका रूख कटान गरिएको र कटान गरिएको क्षेत्रमा हालसम्म ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोपिएको राष्ट्रपतिलाई विवरण पेश गरेको छ ।

Leave a Reply