फोटोमा ः मास्क बैंक स्थापना गर्दै एमाले नेता मो.समिर लगायत

पुष्पराज खतिवडा
बारा
१ जेष्ठ २०७८
जिल्ला सदरमुकाम कलैया बजार क्षेत्रका विभिन्न ५ स्थानमा मास्क बैंकको स्थापना गरीएको छ । शनिबार नेकपा एमालेका नेता एवं पूर्व प्रदेशसभा सदस्य महम्मद समिरको अगुवाईमा भ्वाईस अफ बाराले मास्क बैंक संचालनमा ल्याईएको हो ।
नेता समिरले कोरोना संक्रमणको महामारीबाट बच्न सबैलाई अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरे । विहान बेलुकीको छाक टार्न मुस्कील हुने धेरैका लागि दैनिक मास्क खरिद गरी प्रयोग गर्न समस्या छ । गरिब विपन्नहरुनै मास्क प्रयोग नगरेको अभियोगमा कार्वाहीमा पर्ने गरेको पाईन्छ । सर्बसाधरणको सुविधा लागि मास्क बैंक स्थापना पुन्यको काम भएको नेता समिरले बताए ।
सेवाभावका साथ “नहुनेले लिएर र हुनेले दिएर जानुस” भन्दै संचालनमा आएको मास्क बैंक कलैया बजार क्षेत्रको गुप्ता पेट्रोल पम्प, सिद्घार्थ स्विट् , केसर स्बिट् , नेपाल टेलिकम अगाडी सडक किनारमा स्थापना गरिएको छ । यस्तै कलैया उपमहानगरपालिका वडा नं १४ बघवनमा समेत मास्क बैंक स्थापना गरीएको भ्वाईस अफ बाराको अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष महम्मद शाहिद रजाले जानकारी दिए ।
भ्वाईस अफ बाराको आयोजना, ल्यान्स क्लब अफ कलैया, बारा उधोग बाणिज्य संघ कलैया, मरवाडि सेवा समिति कलैया र जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा मास्क बैंकको स्थापना भएको अध्यक्ष रजाले बताए ।
मास्क बैंकको स्थापना कार्यक्रममा भ्वाईस अफ बाराका सचिव अमित गुप्ता ,सदस्य संदिप केशरी, बारा उद्योग वाणिज्य संघ कलैया अध्यक्ष राजकुमार साह तेलि, लायान्स क्लब अफ कलैयाका अध्यक्ष दिलिप चौधरी, मरवाडी सेवा समिति कलैया महासचिव भरत अग्रवाल, सदस्य मनोज कुमार पोद्धार, जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष नबिन अग्रवाल लगायतको सहभागिता रहेको थियो ।
फोटोमा ः मास्क बैंक स्थापना गर्दै एमाले नेता मो.समिर लगायत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here