कलैया,बारा प्रहरीले १ करोड ३१ लख ९५ हजार २५ रुपैंया मूल्य बराबरको अवैध सामान बोकेको चारवटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थानबाट बिलविजक भन्दा बढी सामान लोड गरेको आशंकामा प्रहरीले बिहीवार चारवटा ट्रक नियन्त्रणमा लिएर कारबाही शुरु गरेको हो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १ मा खटिएको प्रहरीको टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ना.६.ख.७१ न.को ट्रक र बा.४.ख ११२५ नम्बरको ट्रक जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो ट्रकहरुबाट क्रमशः ३५ लाख २७ हजार ४७४ र ३६ लाख ६२ हजार ९७२ रुपैंया मूल्य बराबरको सामान बरामद भएको प्रहरीको भनाई छ ।त्यस्तै वीरगञ्जबाट रुपन्देहीतर्फ जादै गरेको ना.४ ख ९०९१ न.को ट्रक र ना. ६ ख ३०२४ नं.को डिब्बा ट्रक जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २१ अमलेखगञ्जबाट नियन्त्रणमा लिएको हो । उक्त गाडीहरुबाट २४ लाख ९९ हजार ५७९ र ३४ लाख ९५ हजार मूल्य बराबरको सामान बरामद भएको बारा प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।विशेष सूचनाको आधारमा सो ट्रकहरुलाई रोकी चेक जाँच गर्दा बिल बिजकभन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेकोले सामानहरु बरामद गरेर आवश्यक कानुनी कारबाहीको लागि अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here