कृष्ण मोहन साह
सेढवा,प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी र पर्सा कार्यसमितिका सदस्यबीच छलफल भएको छ ।सेन्टरको केन्द्रीय पदाधिकारी र जिल्ला कार्यसमितिका सदस्यहरुबीच महासंघको सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा संगठनको अवस्था बारेमा छलफल भएको हो ।छलफलको क्रममा सदस्यतामा महासंघ पर्सा शाखाले कसैलाई पूर्वाग्रहीरूपमा वञ्चित गराइएको खण्डमा सह्य नहुने र सदस्यता प्राप्तिका लागि केन्द्रले पहल गर्ने आश्वासन दिएको छ ।त्यस्तै संगठनका सदस्यहरूलाई सरकारी सञ्चार माध्यममा आवद्ध गराउनका लागि पनि संगठनले पहल गर्ने तथा संगठनलाई अझ सशक्त र बलियो बनाउन प्रशिक्षण सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।प्रेस सेण्टर पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, उपाध्यक्षद्वय निर्मल ज्ञवाली तथा गोविन्द देवकोटा, महासचिव सन्तोष पौडेल लगायतले सेण्टरको वर्तमान अवस्था र रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।छलफलमा पर्सा इन्चार्ज निरज पिठाकोटेले पत्रकार महासंघ पर्साको शुद्धीकरण अभियान, नयाँ सदस्यता वितरण र संगठनको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा पर्सा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।