तराई मधेसमा एक प्रकारले भन्ने हो भने हत्याको श्रृखला नै चलेको जस्तो देखिन्छ ।यो प्रदेशमा लगभग दिनमा एकजना व्यक्तिको हत्या हुने गरेको प्रहरीको तथ्यांकले नै देखाएको छ । यो क्षेत्रमा चार महिनाको अवधिमा दुई दर्जनभन्दा बढीको हत्या भएको छ । कारण जे भएपनि नागरिकहरुको हत्या हुनु आफैमा गम्भीर र चिन्ताको विषय हो । हरेक व्यक्तिले बाँच्न पाउनुपर्दछ । बाँच्न पाउने अधिकारकै हनन् हुनु भनेको मानअवधिकारको हनन मात्रै होइन, अत्यन्तै विडम्बनाको कुरा हो । देशका अन्य प्रदेशमा पनि हत्या नभएका होइनन् तर मधेसमा यस्ता घटना सबैभन्दा बढी हुने गरेको पाइन्छ ।

यो घटनाक्रमले पनि पुष्टी गर्दछ । विशेषगरी मधेसमा अति सामान्य कारणले पनि नागरिकहरुले ज्यान जाने गरेको छ । अथवा हत्या हुने गरेको छ । कसैको हत्याका लागि यहाँ ठूलो कारण नै नचाहिने देखिएको छ । त्यसो त फेरि जे सुकै भएपनि हत्या होइन कानुनी रुपबाट दोषीलाई कारबाही गर्नुपर्दछ । मधेसमा गणतन्त्रको उदयताका र त्यसअघि पनि यो वा त्यो बाहानामा नागरिकहरुको हत्या हुने गर्दथ्यो ।

कथित सशस्त्र समूहको नाउमा मधेसमा कुनै बेला हत्याको श्रृखला नै चलेको थियो । अहिले सशस्त्र समूहहरुको गतिविधि घटे पनि हत्याको श्रृखला भने रोकिएको छैन । यस्ता अपराध नियन्त्रणमा ल्याउनका लागि सरकारले नीति बनाउन आवश्यक छ । कस्तो खालको नीति बनाउने भन्ने कुरा राज्यको हो तर नागरिकहरुको जिऊधनको रक्षा चैं सरकारले गर्नु नै पर्दछ ।

Leave a Reply