बाराको निजगढ नगरपालिका ९ स्थित पूवपश्चिम राजमार्गको भमरा पुल नजिकै सोमवार यात्रु बस दुर्घटना हुँदा २७ दर्जन यात्रु घाइते भएका छन ।ईलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारी अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई थप उपचारको लागि हेटौडा र वीरगञ्जस्थित अस्पतालमा रिफर गरिएको छ । अन्य घाइतेको भने निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
जनकपुरबाट नारायणघाटतर्फ जाँदै गरेको ना. ५ ख ८८०२ नम्बर को बस दिउसो १.४५ बजे दुर्घटनामा परेको हो ।
साइकलबाट सडक पार गर्दै गरेका २ जना किशोरीहरु बीच सडकमै लडेपछि उनीहरुलाई जोगाउने क्रममा बस अनियन्त्रित भएर सडक किनारामा पल्टिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।बसमा ३८ जना यात्रु सवार रहेका थिए । घाइतेमध्ये बसमा सवार रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने दिपक गौतमको छोरी अन्दाजी वर्ष १५ की प्रन्जु गौतमको आँखा र छातीमा चोट लागेको र थप उपचारको लागि वीरगञ्ज तथा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका पिप्ले बस्ने चन्द्रदेवी चौलागाई, हेटौडाउपमहानगरपालिका ८ बस्ने अन्दाजी वर्ष ६५ की माया देवी ढकाल, सोही ठाउँ बस्ने वर्ष २५ की सामना तिमिल्सिना र वर्ष २९ की मुन्ना तिमल्सिनालाई थप उपचारको लागि हेटौडाको चुरेहिल अस्पतालको लागि रिफर गरिएको निजगढ प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै घाइतेहरुमा सर्लाही ईश्वरपुर नगरपालिका ६ बस्ने अन्दाजी वर्ष ४५ की तारा मैनालीको दाहिने हात र ढाडमा चोट लागेको छ भने रौतहट चन्द्रनगर नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४५ की रहुमाया मगरको टाउकोमा चोट लागेको छ ।
त्यस्तै मकवानपुर हैटौडा उपमहानगरपालिका ५ बस्ने अन्दाजी वर्ष ३५ की राधिका चौधरी, हेटौडा उपमहानगरपालिका ४ बस्ने अन्दाजी वर्ष २२ की धलेशा मैनाली, नवलपरासी गैडाकोट नगरपालिका ६ बस्ने अन्दाजी वर्ष ४१ की सर्मिला माया स्याङतान, सर्लाही बगमती नगरपालिका ६ बस्ने अन्दाजी वर्ष ३७ का मकर गिरी, सो ठाउँ बस्ने अन्दाजी वर्ष ३७ की सरवस्ती घिमिरे, हेटौडा उपमहानगरपालिका ७ बस्ने अन्दाजी वर्ष ३१ की बिन्दु बुढाथोकी, हेटौडा ५ बस्ने वर्ष ३१ की माया ढकाल, हेटौडा ७ बस्ने वर्ष ३१ को प्रमेश्वर दहाल र रौतहट चपुर नगरपालिका ६ बस्ने अन्जाजी वर्ष २७ को बिशाल कुशवार, मकवानपुरगढी ५ बस्ने वर्ष ४१ की ममता दहाल घाइते भएका हुन ।
त्यसैगरी.अन्य घाइतेहरुमा हेटौडा उपमहानगरपालिका ५ बस्ने वर्ष १८ को समिर माझी, सोही स्थान बस्ने वर्ष २० की रुजुमा माझी, रौतहट चन्द्रपुर नगरपालिका ६ बस्ने वर्ष २१ की रिता राई, सोही स्थान बस्ने वर्ष ५३ की तिलमाया थापा र तनहुँ घर भएकी अन्दाजी वर्ष ६३ की मनमाया तामाङ रहेकी छिन ।दुर्घटनमा बस चालक चितवन राप्ती नगरपालिका २ बस्ने वर्ष ४० को रामबहादुर तामाङ पनि घाइते भएका छन । चालक तामाङको दाहिने हात र टाउकोमा चोट लागेको छ ।यसैगरी पुर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढस्थित लामो पुलमा ट्रक पल्टिदा आइतवार २ घण्टा सडक अवरुद्ध भएको छ ।
निजगढबाट सिंगौल प्रवेश गर्ने गेटबाट करिव ४ सय मिटर पूर्वको पुलमा ट्रक पल्टिएपछि सडक अवरुद्ध भएको हो । दुर्घटनाका कारण सडकमा ठुलो संख्यामा सवारी जाममा परेका थिए ।गुडिरहेको ट्रकको पछाडि पट्टीको दुबै टायर उछिट्टिएपछि सो दुर्घटना भएको हो । दिउँसो साँढे १२ बजे तिर पुलमा पल्टिएको ट्रकलाई पुलबाट हटाएपछि दिउसो २ बजे सडक सुचारू भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा क्रेनको मद्दतले पल्टेको ट्रक पुलबाट निकालिएपछि राजमार्ग सुचारु भएको हो ।


















