कोल्हबी,कोल्हवी नगरपालिका– ८, गोकुलटाँडीमा आगलागी भएको छ । आगलागीमा परि स्थानीय विष्णु रेग्मीको गोठ जल्नुको साथै गोठमा भएका चौपाया जलेर मरेका छन् । आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको स्थानीय शिव खड्काले जानकारी दिनुभयो ।बिहीवार अपराहन्न ४ बजेको समयमा भएको आगलालीमा परि गोठमा रहेका ३ वटा बाख्रा, गाईको एउटा बाछी र माउ गाई मरेको हो । यस्तै एउटा भैसी पनि जलेर घाइते भएको खडकाले बताउनुभयो ।घरमा कोही नभएको अवस्थामा अचानक भएको आगलागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोल्हबी नगरपालिकोको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply